गण्डकीका पदकधारीलाई प्रदेश खेलकुद परिषद्ले सम्मान गर्ने

पाेखरा | मंसिर १२, २०७९

गण्डकीका पदकधारीलाई प्रदेश खेलकुद परिषद्ले सम्मान गर्ने

पोखरा:   प्रदेश खेलकुद परिषद गण्डकीले नवौं राष्ट्रिय खेलकुदमा पदक विजेता खेलाडीहरुलाई सम्मान गर्ने भएको छ ।


परिषदले आगामी १८ गते पोखरा रंगशालामा एक भव्य कार्यक्रमको आयोजना गरी सम्मान गर्न लागिएको हो ।


सो सम्मान कार्यक्रमका लागि परिषद्ले करिब ४० लाख बजेट छुट्याएको छ ।


प्रदेश खेलकुदका सदस्य सचिव घनश्याम पौडेलका अनुसार खेलाडी संगै, खेल प्रशिक्षक, व्यवस्थापक र खेल संघहरुलाई समेत नगद सहित सम्मान गरिने छ ।


गत असोज २८ देखि कात्तिक ३ गतेसम्म ३९ वर्षपछि गण्डकी प्रदेशमा सञ्चालन भएको नवौं राष्ट्रिय खेलकुदमा गण्डकीले ३२ स्वर्ण, ३१ रजत र ५८ काश्य पदक जितेको थियो । 


परिषद्का अनुसार गण्डकी प्रदेशले १२ खेलमा ३२ स्वर्ण प्राप्त गर्ने ७२ जना खेलाडी, १४ खेलमा ३१ रजत प्राप्त गर्ने ९२ जना र २५ खेलबाट ५८ रजत पदक प्राप्त गर्ने १६१ जना गरि कुल ३२५ खेलाडीलाई सम्मान गर्नेछ । त्यसै गरी पदक विजेता ४६ जना प्रशिक्षक र ३५ जना व्यवस्थापक गरि ८१ जना र सम्बन्धित २८ खेल संघहरुलाईसमेत सम्मान गरिने बताइएको छ ।

भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ ।   सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...

थप पढ्नुहोस्

भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ ।   जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...

थप पढ्नुहोस्

काठमाडौं:  नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।      राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

थप पढ्नुहोस्